Logo

विविध

चाहिदैन मलाई कसैको सहानुभूति , बाँकी छ अझै जिन्दगी



‘सम्बन्ध विच्छेद’ दाम्पत्य जीवनमाथि लागिएको एक यस्तो घाउ हो, जसलाई विच्छेद गर्नेले भुल्न चाहे पनि समाजले उनीहरुलाई कोट्याइरहन्छन् । मान्छेहरु सोध्छन्, ‘अब के गर्ने रु’, ‘विवाह गरिसकेपछि सम्बन्ध तोड्न हुँदैनथ्यो’, ‘अब एक्लो जीवन कसरी बिताउँछौं ?

हाम्रो समाजले विवाहलाई एक अनिवार्य आवश्यक्ता मान्छ । जब युवतीको कुरा आउँछ, तब विवाह अपेक्षाकृत जरुरी मानिन्छ । विवाहलाई यसकारण अनिवार्य आवश्यक्ता मानिन्छ कि हरेक मान्छेलाई एक साथीको जरुरी हुन्छ । जो मानसिक रुपले, भावनात्मक रुपले आर्थिक स्थितीमा र कठिन परिस्थितीमा उनको साथ खडा रहन सकियोस् । समाजले विवाहलाई यसकारण पनि धेरै महत्व दिन्छ, ताकि छोरीले एक सम्मानजनक र ठोस जीवन बाँच्न सकोस् । तर, त्यही विवाह उनको जीवनको बोझ बन्छ भने उनी त्यो बोझ बोकिरहन सक्दैनन् । उक्त बोझलाई मिल्काउन नै उचित सम्झनेछ ।

हुन त दाम्पत्य सम्बन्ध खल्लो बन्नु वा टुट्नमा महिला दोषी हुन् वा निर्दोष, समाजले उनलाई साधरण नजरले हेर्न बन्द गर्छ । सम्बन्ध विच्छेदपछि महिलाहरुलाई फरक दृष्टिले हेरिन्छ, मानौ उनी एलियन हुन् । महिलाहरुले एकतर्फ टुटेको दाम्पत्यको चोट झेलिरहेका हुन्छन्, अर्कोतर्फ मान्छेहरु उनीमाथि अनेक प्रश्नहरु गर्छन् । र, उनको मनोवल कमजोर बनाउने काम गरिन्छ ।

कठोर र चुनौतीपूर्ण निर्णय

कोही आफ्नो निर्णयले खुसी छन्, त कोही सम्बन्ध विच्छेदका कारण जीवनभर पीडा झेलिरहेका छन् । आर्थिक रुपले कमजोर वा अर्कामाथि निर्भर महिलाका लागि निश्चय पनि एक्लो जीवन सहज हुँदैन । यद्यपि आर्थिक रुपले सक्षम र कामकाजी महिला जो आफ्नो करियरलाई बढी महत्व दिन्छन्, बन्धनमा अल्झिरहन, विनाकारण नियन्त्रणमा रहन चाहँदैनन् । उनीहरु त्यस्तो सम्बन्धबाट बाहिर आउन नै उचित ठान्छन् ।

आफुमाथि भएको अत्याचारलाई चुपचाप सहनका साटो त्यससँग जुध्न र अत्यचारीलाई जवाफ दिने साहस गर्छन् । यस्ता महिलालाई समाजले हतोत्साही गर्नुको साटो हौसला दिएर आफ्नो करियरमा नयाँ उर्चा प्राप्त गर्नका लागि साथ दिनुपर्छ ।

सम्बन्ध विच्छेद गर्नु कुनै पाप होइन । हिंसा, अन्याय, क्रुरताको विरोध गरेर त्यसबाट मुक्त हुने बाटो हो । यसपछि पनि जिन्दगी अन्त्य हुँदैन । बरु नयाँ बाटो खोजेर अनन्त संभावनाहरुको खोजी गर्न सकिन्छ ।

सम्बन्ध विच्छेदको निर्णय लिन एक कठिन काम हो । चाहे महिला होस् वा पुरुष । यद्यपि दाम्पत्य जीवन जब बोझिलो बन्छ तब त्यसबाट उम्कनु नै सही हुन्छ । एक महिला जब सम्बन्ध विच्छेदको निर्णय लिन्छन्, तब उनको लागि यो निकै चुनौतीपूर्ण हुनजान्छ । आमाबुवा, नातेदार, समाज सबैलाई पन्छाएर आफैको लागि सोच्नु हिम्मतको कुरा हो । त्यसैले जब उनी यो निर्णय लिन्छन् तब उनलाई थाहा हुन्छ कि यो एकदमै महत्वपूर्ण निर्णय हो, जो उनको भविष्यको लागि राम्रो सावित हुनसक्छ ।

बाँकी छ जिन्दगी

श्रीमानसँग छुटिनु सबैभन्दा दुखद क्षण हो यसपछि महिलाको जिन्दगी फेरी पुरानै लयमा फर्कदैन । यो सोचाई गलत हो   । कतिपयको सोंच हुन्छ, आफ्नो विवाह टुटेपछि जीवनको कुनै अर्थ रहनेछैन । यस्तो पटक्कै होइन । सम्बन्ध विच्छेदपछि उनीहरु खुसी रहन सक्छन् । आफ्नो भविष्य खोज्न सक्छन् । आफ्नो सपना र महत्वकांक्षालाई पुरा गर्न जुट्न सक्छन् ।

एक्लो महिलालाई मान्छेहरुले खराब दृष्टिले हेर्छन् वा त सहानुभूतिको नजरले । यद्यपि अर्काको यस्तो सहानुभूति आवश्यक छैन । जरुरी छ कि उनको निर्णयलाई सम्मान गरियोस् । सम्बन्ध विच्छेद गरेका वा श्रीमान्बाट अलग भएका महिलालाई मान्छेको झुटो सहानुभूती होइन, उनको निर्णयप्रति सम्मानको भावना चाहिन्छ । जसले उनलाई अगाडिको जीवन बाँच्न सहज भइदियोस् ।

प्रकाशित मिति : भाद्र २६, २०७७ शुक्रबार  ७ : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।