Logo

बैंकिङ

माछापुच्छ्रे बैंकले १० दशमलव ७६ प्रतिशत लाभांस वितरण गर्ने



माछापुच्छ्रे बैंक लिमिटेडले २२औंं वार्षिक साधारण सभा आह्वान गर्दै १० दशमलव ७६ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ । यसअघि कार्तिक ६ गते, होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा गरिने भनिएको सभा कोरोना संक्रमण र चाडपर्वको कारण शेयरधनीहरूलाई साधारण सभामा भाग लिन कठिनाई हुने परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो ।

यसैबीच बैंकको मंसिर १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २२औंं वार्षिक साधारण सभा पौष २ गते, बिहीबार होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।

यसैगरी, सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ७ दशमलव ०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर र ३ दशमलव ७३ प्रतिशत अर्थात २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६–७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज २२ गते बुकक्लोज गरेको थियो । त्यसैले, असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : मंसिर १४, २०७७ आईतबार  १२ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।