Logo

समाचार

दक्षिण कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या ३४ हजार नजिक



गत २४ घण्टामा दक्षिण कोरियामा थप ४५० जनामा कोभिड १९ को संक्रमण देखिएपछि यहाँ कोरोना भाइरस कुल संक्रमितको संख्या ३३ हजार ९२४ पुगेको छ ।

हालसम्म भएका कुल संक्रमित मध्ये २७ हजार ५४२ जना कोरोना मुक्त भएका पनि यहाँको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । दक्षिण कोरियामा आन्तरिक रुपमा कोरोना संक्रमण हुनु भन्दा पनि बाहिरी देशबाट आएका व्यक्तिहरुमा भएको संक्रमणका कारण देशभित्रका व्यक्तिहरुलाई सरेको जानकारी दिइदै आएको छ । दक्षिण कोरियामा कोरोना शुरु भएयता हालसम्म यस संक्रमणको कारण ५२३ जनाको मृत्यु भएको छ । 

 

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १२ : ५७ बजे