Logo

प्रमुख समाचार

अब कम्युनिस्टहरूकै मतदाताले कांग्रेस खोज्ने बेला आयो : कांग्रेस नेता दीपक गिरी



प्रमुख प्रतिपक्षमा रहेको ठुलो दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार हरेक क्षेत्रमा असफल भएको भन्दै कम्युनिस्टहरूलाई मतदान गरेका जनता पनि आजित बनेको टिप्पणी गरेका छन् ।

कपिलवस्तुको क्षेत्र नम्बर ३ विजय गाउँपालिकाको गणेशपुरमा मंगलबार आयोजित आमसभा र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले कम्युनिस्टहरूको शासन व्यवस्थाबाट जनता तनावमा परेको बताए ।

‘जनताले यो कम्युनिस्ट सरकारसँग धेरै अपेक्षा गरेका थिए’, उनले भने, ‘सरकारमा बसेकाहरूले जनतालाई राहत दिनेभन्दा पनि कसरी कमाउने हो भनेर त्यतिर लागेका छन् ।’ देशमा व्याप्त भ्रष्टाचार, महँगी बढेको भन्दै उनले शान्ति सुरक्षा समेत बिग्रिएको बताए ।

नेपाली कांग्रेस पराजित हुँदा देश र जनताले दुःख पाएको उनले बताए । ‘कांग्रेसलाई जनताले फेरि सम्झिन थालेका छन्’, उनले भने, ‘अर्को निर्वाचनमा कांग्रेसले आफूलाई सुधार गरेर देशकै पहिलो र ठूलो पार्टी बनाउँछौँ ।’

कांग्रेस नेता गिरीले जनतालाई झुठ बोल्ने कम्युनिस्टहरूलाई देश बिगार्न नदिने चेताीन दिए । ‘कम्युनिस्ट सरकारलाई निगरानी कांग्रेसले गर्छ’, उनले भने, ‘गलत काम भयो भने खबरदार गर्ने छौँ ।’

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार ०४:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।