Logo

सुरक्षा/अपराध

भक्तपुर र खोटाङमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ



भक्तपुरको चाँगुनारायण नगरपालिका-४ न्याचोपौवास्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१३ बस्ने २३ वर्षीय सुलभ नापितलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

बिना कागजपत्र बा.४० प ५६७० र प्रदेश ३-०२-००३ प ७०८३ नम्बरको मोटरसाइकलमा सवार नापित समेतका ४ जनालाई प्रहरी चौकी चाँगुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले डिउटीमा खटिएका प्रहरीसँग विवाद गर्नुका साथै हातपात गरी अभद्र व्यवहार गरेपछि उक्त कार्यमा संलग्नमध्ये नापितलाई प्रहरीले पक्राउ गरी अन्य ३ जनाको खोजी गरिरहेको छ । साथै प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

त्यस्तै खोटाङमा डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जाल्पा बस्ने ३२ वर्षीय कमाल बहादुर आले मगर र २७ वर्षीय छबिराज राईलाई गएराति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी उनीहरुले सोही ठाउँ बस्ने पर्शुराम राईको घरमा ढुंगा प्रहार गरी घरको ढोका फोरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जाल्पाबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा उनीहरुले प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : मंसिर १४, २०७७ आईतबार  १ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।