Logo

सुरक्षा / अपराध

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ



भक्तपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका-७ माने घर भई भक्तपुर दुवाकोट बस्ने २० वर्षीय श्याम कृष्ण केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

श्यामले ती बालिकालाई गत साउन १८ गते जबरजस्ती करणी गरेको भन्ने खबर शनिबार दिउँसो प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १ : ३१ बजे