Logo

प्रमुख समाचार

प्रचण्ड प्रधानमन्त्री बन्ने अध्यक्ष तिमिल्सिनाको घोषणा



राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले अब पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने घोषणा गरेका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै अध्यक्ष तिमल्सिनाले यस्तो बताएका हुन् ।

अध्यक्ष तिमल्सिनाले सत्ता पक्ष र प्रतिपक्षबीच अहिले सम्बन्ध राम्रै रहेको विश्वास दिलाए । वर्तमान सरकारले नियुक्तीलगायत अन्य महत्वपूर्ण काम गर्दा पार्टीको भन्दापनि राम्रो व्यक्ति छानेको उनको तर्क छ ।

यद्धपी दुइ तिहाई बहुमत ल्याएको पार्टी भएकोले सरकारले नियुक्ती गरेका व्यक्तिहरु कहीँ न कहीँ पार्टीसँग आवद्ध भएको पनि उनले स्पष्ट पारे ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार १६:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।