Logo

सुरक्षा / अपराध

नक्कली नोट सहित एक युवा पक्राउ



कन्चनपुर जिल्लाको भिमदत्त नगरपालिका-१८ बस्ने २४ वर्षीय दिपक नाथलाई १ हजार दरको ३ वटा नक्कली जस्तो देखिने नोट सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

दिपकले भिमदत्त नगरपालिका-४ स्थित एक पसलबाट सामान किनी पैसा दिने क्रममा नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको  छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १ : ३४ बजे