Logo

सुरक्षा/अपराध

एकनाले भरुवा बन्दुक सहित १ पक्राउ, १ फरार



सिन्धुली जिल्लाको दुधौली नगरपालिका-१२ सिन्कौलीबाट २ थान एकनाले भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने ३० वर्षीय दल बहादुर बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दलबहादुर र सोही ठाउँ बस्ने ३२ वर्षीय राजन कार्की बन्दुक बोकी हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले फेला पारी दल बहादुरलाई पक्राउ गरेको हो ।

हाल फरार राजनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : मंसिर १४, २०७७ आईतबार  १ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।