Logo

सुरक्षा/अपराध

तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ



भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोल मालीगाँउस्थित मालीगाँउ भिलेज होटलबाट तास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने ३९ वर्षीय राजु तामाङ लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १३ हजार रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै बागलुङको  बागलुङ नगरपालिका-२ हाडेपाखा बस्ने चन्द्र प्रसाद गैरेको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय यम बहादुर केसी लगायत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १७ हजार रुपैयाँ र तीन बुक तास फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : मंसिर १४, २०७७ आईतबार  १ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।