Logo

सुरक्षा/अपराध

अवैध लागूऔषध ब्राउन सुगर सहित ७ जना पक्राउ



झापा जिल्लाको कोभद्रपुर नगरपालिका-४ डाँगीबारीबाट ७ ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित सोही ठाउँ बस्ने १९ वर्षीय पुष्कर थापा लगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध र १ थान मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै सुनसरी जिल्ला धरान उपमहानगरपालिका-१० बाट ८ ग्राम ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही ठाउँ बस्ने ३१ वर्षीय बिकी श्रेष्ठलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । यसैगरी सुनसरी धरान उपमहानगरपालिका-३ बाट ३५ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित सोही ठाउँ बस्ने २६ वर्षीय रिहान अन्सारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  

उता कञ्चनपुरको बेलडाँडी गाउँपालिका-३ कालोपुलियाबाट २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने बस्तु सहित भिमदत्त नगरपालिका-१७ बस्ने १९ वर्षीय शेखर जोशीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । बि.ओ.पी. झिलमिलाबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले जाँच गर्दा शेखरलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाएको हो ।

     

प्रकाशित मिति : मंसिर १४, २०७७ आईतबार  २ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।