स्वास्थ्योपचारका लागि अस्पताल जाँदै गर्दा भएको ट्याक्सी दुर्घटनामा परि संयुक्त अरब इमिरेट्स (युएई) मा दुई जना नेपालीको मृत्यु भएको छ । सोही दुर्घटनामा परि २ जना गम्भीर घाईते भएको प्रवासी नेपालीहरुले जानकारी दिएका छन् ।
नवलपरासी कावासोतीका निरोज परियार र नेपालको ठेगाना नखुलेकी शान्ती विश्वकर्माको ज्यान गएको हो । उपचारका लागि आबुधावी आएकी शान्तीलाई जायद सिटीमा छाड्न जाँदा उनीहरु सवार ट्याक्सीलाई कारले ठक्कर दिएको थियो ।
मृतक परियार र विश्वकर्माको शव अहिले खालिफा अस्पतालमा राखिएको र घाईतेहरुको पनि सोही अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा घाईते भएकाहरुको अझै परिचय खुल्न सकेको छैन ।




















प्रतिक्रिया