नेपाल सरकारका प्रबत्ता गोकुल प्रसाद बास्कोटाले नेकपाका महासचिव विष्णु पौडेल बालुवाटारको सार्वजनिक जग्गा खरिद गर्दा ठगिएकाले क्षतिपुर्ति पाउँनुपर्ने बताएका छन् ।
संचार मन्त्रालयमा हिजो मन्त्री परिषदका पछिल्लो निर्णय सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सार्वजनिक जग्गा भुमाफीयाले बेचर पौडेललाई ठगेको तथा पौडल पिडक नभई पिडित भएको धारणा व्यक्त गरे ।
उनले जग्गा किन्दैमा कोहि अपराधी नहुने बरु जसले पहिलो पल्ट सरकारी जग्गा व्यक्तिको नाममा सारेर बदमासी गर्यो उसलाई चाँही कारवाही हुनुपर्ने धारणा व्यक्त गरे । अहिले उक्त जग्गा सरकारले रोक्का गरिसकेको बताउँदै बास्कोटाले भने -‘महासचिव ज्यु ठगिनु भो अब उहाँले क्षतिपुर्ति पाँउनु पर्छ’ ।




















प्रतिक्रिया