Logo

समाचार

७ दिन भित्र ३९ अर्ब रुपैयाँ कर बुझाउन ठूलाकरदाताको एनसेललाई सूचना



ठूला करदाता सेवा कार्यालयले सात दिन भित्र ३९ अर्ब भन्दा बढी कर तिर्न एनसेलको नाममा सूचना जारी गरेको छ । ठूला करदाता कार्यालयले मंगलबार जारी गरेको सूचनामा विभिन्न शीर्षकमा ३९ अर्ब ६ करोड, ६ लाख, ८४ हजार आठ सय १५ रुपैयाँ ७१ पैसा कर ७ दिन भित्र बुझाउन निर्देशन दिएको हो ।

सर्वाेच्च अदालतको गत माघमा भएको फैसला बमोजिम एनसेलले सो कर तिर्नुपर्ने भएको हो । अदालतले पूर्ण फैसला जारी नगरेसम्म कुनैपनि एक्सन नलिएको कर कार्यालयले पूर्ण फैसला आएपछि मंगलबार यस्तो निर्देशन दिएको हो ।

ठूला करदाता कार्यालयले टेलियासोनेरा कम्पनीले मलेसियाको एक्जियटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बेच्दा भएको पुँजीगत लाभको कर एनसेल र एक्जियटालाई तिराउने फैसला सर्वोच्च अदालतले गत माघमा दिएको थियो।

सूचनाको पूर्णपाठ यस्तो छ :

 

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार १५:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।