Logo

प्रमुख समाचार

मौसमबिभागबाट आयो यस्तो खबर, तीन दिन सतर्क हुन आग्रह



देशैभर बुधबार आजदेखि तीन दिन मौसम खराब हुने जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्क हुन सचेत गराएको छ ।मेघ गर्जन, चट्याङ, गड्याङगुडुङ र असिनासहित वर्षा हुने विभागको अनुमान छ ।

महाशाखाले तीन दिनको मौसम प्रक्षेपण गर्दै पश्चिमी वायुको प्रभाव बुधबारदेखि थप सक्रिय हुने भएकाले देशैभर असर पर्ने बताएको हो ।‘पूर्ण र आंशिक बदली भई देशैभर हावाहुरी, चट्याङ, मेघगर्जन, असिना र पानी पर्ने देखिन्छ,’ महाशाखाकी मौसमविद् मञ्जु बासीले भनिन् ।

इरान, पाकिस्तान, भारत हुँदै सोमबार पश्चिम क्षेत्रबाट पश्चिमी वायु नेपाल छिरेको हो ।मंगलबार रामेछापभन्दा पश्चिमका भागमा मेघगर्जनसहित वर्षा भएको उल्लेख गर्दै महाशाखाले उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपात हुनसक्ने जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार ०२:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।