Logo

लुम्बिनी प्रदेश

प्रधानमन्त्री कृषि परियोजना बडिगाड बाग्लुङले गर्यो स्थलगत अनुगमन



प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, आलुजोन बडिगाड बाग्लुङले आर्थिक बर्ष २०७५/०७६ मा विनियोजित बजेट कार्यान्वयनको लागि स्थलगत अनुगमन गरेको छ ।

स्थलगत अनुगमनमा गुल्मी जिल्लाको मदाने गाउँपालिका र मालिका गाउँपालिकामा रहेका कृषक समूहहरु विच छलफल कार्यक्रम समेत गरेको हो । कृषक समूहहरुले साना सिंचाई निर्माणको लागि माग गरिएको निवेदनका आधारमा सम्बन्धित ठाउँमा गएर अनुगमन गरेको कार्यालयले जनाएको छ ।

परियोजनाबाट यसअघि नै कृषकहरु लाई वितरण गरिएको आलुको बीउ सहित साना सिचाई आयोजना निर्माणका लागि आवश्यकताको पहिचान गर्ने हेतुले उक्त अनुगमन कार्यक्रम प्रभावकारी हुने बरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलले बताए ।

परियोजना मार्फत गुल्मीका मालिका गाउँपालिकाको लागि पोस्ट हारवोस्ट सेन्टर र मदाने गाउँपालिकाको लागि रस्टिक स्टोर निर्माणको लागि बिनियोजित रकमलाई छिटो कार्यान्वयन गराउनको लागि स्थलगत अनुगमन गरि सम्बन्धित ठाउँका कृषिसमूहलाई निर्माण सम्पन्न गर्नको लागि जिम्मा दिएको कृषि अधिकृत बिश्वास काफ्लेले बताए ।

पटक–पटक परेको असिना पानीले उक्त क्षेत्रको आलु नष्ट हुँदा कृषकहरु चिन्तीत देखिएको बताईएको छ । परियोजनाले यस भन्दा अघि कृषहरुलाई अनुदानमा वितरण गरिएको आलुको विउको अनुगमन सहित कृषकहरुलाई प्राविधिक सहयोग समेत गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार १५:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।