जिल्लाको सत्यवती गाउँपालिकाले गाउँमा अबैध मदिरा नियन्त्रण गर्नका लागि इलाका प्रहरी कार्यालयलाई मोटरसाइकल हस्तान्तरण गरेको छ । गाउँमा मदिराका कारण धेरै झै–झगडाहरु हुने गरेको त्यसलाई नियन्त्रण गरी शान्त गाउँपालिका बनाउनको लागि इलाका प्रहरी कार्यालय खैरेनीलाई मोटरसाइकल हस्तान्तरण गरिएको हो ।
करिब दूई लाख ३५ हजार बराबरको १५० सीसीको पल्सर मोटरसाईकल इलाका प्रहरी कार्यालय खैरेनीलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकालाई जिल्लाकै नमुना गाउँपालिका बनाउनका लागि पहिले गाउँमा अबैध मदिराहरु नियन्त्रण गर्न जरुरी रहेकाले र गाउँपालिका भित्र कुनै आगलागी, बाढी पहिरो र कुनै बिपतका कार्यहरु हुँदा समेत प्रहरीसंग कुनै साधन नभएकाले गाउँपालिकाले त्यस्ता कार्यहरुमा सहजता ल्याउनका लागि प्रहरीलाई मोटरसाईकलको ब्यबस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादब भण्डारीले जानकारी दिए ।
यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक दीपक कुमार बस्नेतले सत्यवती गाउँपालिकाले इलाका प्रहरी कार्यालय खैरेनीलाई मोटरसाईकल हस्तान्तरण गरेकोमा धन्यबाद दिंदै अझै प्रहरीलाई जनतामाझ पुग्न सहज भएको भन्दै गाउँमा गस्तीसंगै गाउँमा हुने घटनाहरु सहजै रुपमा नियन्त्रण गर्न सकिने बताए । गाउँपालिकाले अबैध मदिरा नियन्त्रण गर्न, झै–झगडाहरु कम गर्नका लागि लिएको नीतिमा पनि सहज पुग्ने बताए ।




















प्रतिक्रिया