प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईरालाले कानुन बनाएर नागरिकता बितरण गर्नुपर्नेमा गृहमन्त्रीको एउटा पत्रको भरमा नागरिकता बितरण हुनु मुलुककै लागी दुर्भाग्य भएको बताएका छन् । डा. कोईरालाले गृहमन्त्रीको त्यही पत्रलाई सर्वोच्च अदालतले सदर गरेपछी कतै यो बिषयमा सर्वोच्च अदालत र गृहमन्त्रालयको मिलेमतो छ की भन्ने आशंका पैदा गरेको पनी बताए ।
“नागरिकता बितरण सम्बन्धी कानुन बनाउँन कस्ले रोक्यो ? गृहमन्त्रीलाई कसले दियो त्यो अधिकार ?”- डा कोईरालाले प्रश्न गरे ।
सरकार नितीगत भ्रष्टाचारमा लागेको बताउँदै डा. कोईरालाले वाईडबडी, एनसेल कर प्रकरण, फोर जी लगायत सबै भ्रष्टाचारका बिषयमा अनुसन्धान र छानबिन गरेर जतिसुकै ठुला र शक्तीशाली नेता संलग्न देखिए पनी कानुन बमोजिम कारबाही गरिनुपर्ने बताएका छन् ।
नव वर्ष २०७६ एवं बिस्केट जात्राको अवसरमा नेपाल आदिवासी जनजाती संघ भक्तपुरले आयोजना गरेको कार्यक्रमलाई संबोधन गदै डा. कोइरालाले भने -“बिश्वका बिभिन्न देशमा भ्रष्ट्राचारको आरोप लागेका पुर्व राष्टपती र प्रधानमन्त्री जेल गैरहेका छन्। यदी दोषी देखिए हाम्रा देशका किन जान नहुने ?”
कार्यक्रममा भक्तपुर कांग्रेसका सभापती दुर्लभ थापा, आदीवासी जनजाती संघका केन्द्रिय अध्यक्ष ईन्द्र ब. गुरुङ्, राज्यमन्त्री दिलमान पाख्रिन, भक्तपुर कांग्रेसका पुर्व सभापतीहरु-लेखनाथ न्यौपाने, तिलक कायस्थ,महेस श्रेष्ठ, गणेश चक्रधर, तरुण दलका पुर्व केन्द्रिय अध्यक्ष बिनोद कायस्थ, आदिवासी संघ भक्तपुरका अध्यक्ष नारायण तमाखु लगायतले मन्तब्य राखेका थिए।




















प्रतिक्रिया