काठमाडाैं । भोटेकोसी नदीमा शनिबार साँझ चालकसहित खसेको विद्युतीय सवारीसाधन र चालकको खोजीका लागि राज्यका तीनवटै सुरक्षा निकायले व्यापक उद्धार अभियान सञ्चालन गरेका छन् । उद्धार कार्यको अनुगमन तथा सुरक्षाकर्मीको मनोबल बढाउन गृहमन्त्री सुधन गुरुङ स्वयं घटनास्थल पुगेका छन् ।
घटनास्थलको निरीक्षणपछि १० वटा ड्रोन, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा गोताखोरलाई परिचालन गरिएको छ । उनीहरूले कालिका गाउँपालिका–३ तल्लो धारापानीका २२ वर्षीय सविन तामाङको खोजी तीव्र बनाएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले खोज तथा उद्धारको समन्वय गरिरहेको छ । दुर्घटनास्थल गहिरो खोँच, धमिलो पानी र नदी किनारका विशाल चट्टानले खोजी तथा उद्धारमा चुनौती थपेका समितिले जनाएको छ ।




















प्रतिक्रिया