Logo

सुरक्षा/अपराध

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ



कास्कीमा फरक क्षमता भएकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-४ घर भई कास्की पोखरा महानगरपालिका-१६ लामाचौर बस्ने २९ वर्षीय दिपक भनेर चिनिने प्रकाश नेपालीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । ती बालिकाको घरमा कोही नभएको अवस्थामा डरत्रास, धम्की समेत दिई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रकाशलाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

त्यस्तै कैलालीमा पनि ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोहन्याल गाउँपालिका-६ नारासोती बस्ने १९ वर्षीय जिवन शाहीलाई आइताबर साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई गत असोज २५ गते साँझ आफ्नै घरमा बोलाई जबरजस्ती करणी गरेको भन्ने आइतबार बिहान खबर प्राप्त हुनासाथ शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार १४:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।