तनहुँमा जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद सजाय भई फरार रहेका साबिक ढोरफिर्दी-१ बस्ने केशे दमै भन्ने बुधे दमैलाई ४८ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत तनहुँको २०२९ पुस २३ गतेको फैसलाले उक्त कैद ठहर भई फरार रहेका बुधेलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनकै घरबाट फेला पारी पक्राउ गरेको हो ।
साथै विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्य तिब्रता दिँदै आएकोमा सवारी ज्यान मुद्दामा जरिवाना रहेका २ जना, चोरी मुद्दाका ४ जना, लिखत बेइज्जती मुद्दामा १ जना, जालसाची मुद्दामा २ जना गरी जम्मा १० जनालाई आइतबार जरिवानाको लागि जिल्ला अदालत तनहुँमा उपस्थिति गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।




















प्रतिक्रिया