Logo

सुरक्षा/अपराध

बिल तथा श्रोत नखुलेको ८५ थान मोबाइल सहित १ जना पक्राउ



 काठमाडौं बिल तथा श्रोत नखुलेको ८५ थान मोबाइल सहित काठमाडौं महानगरपालिका-२२ पाकोस्थित आई क्यान्डी मोबाइल पसलका साहु समिर प्रधानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अवैध तथा चोरी गरी ल्याइएका मोबाइल बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उक्त पसल तलासी गर्दा ती मोबाइल फेला पारी प्रधानलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको  छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार १४:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।