Logo

अन्तर्राष्ट्रिय

करोडपति भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति वृद्धि



शक्तिशाली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्पत्तिको मामिलामा करोडपति छन् । यद्यपि १५ वर्ष गुजरातको मुख्यमन्त्री भएका र पाँच वर्ष प्रधानमन्त्री भएका उनको चल अचल सम्पत्ति केवल २ करोड भारु अर्थात ३ करोड २० हजार नेपाली रुपैयाँ मात्रै छ ।

वाराणसीमा नामांकन दर्ता गराएपछिको शपथ पत्रमा गत वर्ष उनको सम्पत्तिमा केवल २२ लाख ८५ हजार ६ सय २१ अर्थात ३५ लाख नेरुभन्दा थोरैले वृद्धि भएको उल्लेख गरिएको छ । प्रधानमन्त्री मोदीसँग केवल १ करोड भारुको अचल सम्पत्ति छ ।

मोदीले २५ अक्टोबर २००२ मा यो सम्पत्ति १ लाख ३० हजार ४ सय ८८ भारुमा खरिद गरेका थिए । यसमा उनले २ लाख ४७ हजार २ सय ८ भारु खर्च गरेका थिए । हाल यो सम्पत्तिको मूल्य १ करोड १० लाख भारु पुगेको छ । मोदीले कुनै पनि किसिमको कर्जा पनि लिएका छैनन् ।कारोबार दैनिकबाट

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार ०२:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।