Logo

प्रमुख समाचार

संसदमा रिसाएको काग्रेसले सिंहदरवारमा पुगेर चाल्यो यस्तो कदम



प्रमुख प्रतिपक्षी नेपाली काग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको निति तथा कार्यक्रम माथी उठेका प्रश्नको जवाफ दिने क्रममा अमर्यादित र गैर संसदीय भाषा बोलेको भन्दै गम्भिर आपत्ती जनाएको छ ।

काग्रेस संसदिय दलको तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाँडले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीले गैर संसदीय भाषा बोल्दा पनि संसदको रेकर्ड बाट सभामुखले नहटाउँनु गम्भिर विषय भएको भन्दै उक्त कुरा संसदको रेकर्डबाट तत्काल हटाउँन माग गरेको छ ।

यस पटक पनि सभामुखले जिम्मेवारी निर्वाह गर्न सकेनन् : गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले सभामुखको भूमिका सन्तुलित नभएको आरोप लगाएका छन् ।आज (मंगलबार) संसद भवन नयाबानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दे थापाले प्रतिपक्षीले सदनमा आवाज उठाइरहदा पनि सभामुखले प्रधानमन्त्रीलाई बोल्न दिएको भन्दै सभामुखको भूमिका सन्तुलित नभएको बताएका हुन्।

फेरि एक पटक संसदको सभामुखले जिम्मेवारी निर्वाह गर्न नसकेको उनले बताए । सभामुख प्रधानमन्त्रीसँग डराएको जस्तो र आफ्नो अधिकार प्रयोग गर्न नसकेको जस्तो देखिएको थापाले बताए । उनले सदनको मंगलबारको घटनाले सरकार थप अनुदार हुँदै गएको तर्क गरे ।

प्रमुख प्रतिपक्षी दलको विरोधकाबीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि संघीय संसद्‌मा प्रस्तुत गरेको गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएकाे छ ।प्रमुख प्रतिपक्षी दलको अवरोधका बीचमा नीति तथा कार्यक्रम पारित भएको हो ।

कांग्रेस र राजपाको विरोधकाबीच प्रतिनिधिसभाको आज बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम यही वैशाख २० गते संघीय ससद्‌मा पेस गरेकी थिइन् ।प्रतिनिधिसभामा यही वैशाख २२, २३ र २४ गते छलफल भएको थियो ।

नीति तथा कार्यक्रममाथि कांग्रेस, राजपा लगायत दलका सांसदले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भयाे। नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरिरहँदा कांग्रेस सांसदहरु उठेर विरोध गरिरहेका थिए । सांसदहरुले उठाएको सवालमा जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले तुच्छ शब्दावली प्रयोग गरेको भन्दै कांग्रेसले विरोध जनाएको थियो ।

यस्तै, राष्ट्रियसभाको आजको बैठकले पनि सरकारकाे नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरु राधेश्याम अधिकारी, वृजेशचन्द्र लाल र रमेशप्रसाद यादवलगायतले प्रस्तुत गरेकाे संशोधन प्रस्तावलाई बहुमतले अस्वीकार गरेको थियो ।राष्ट्रियसभामा यही वैशाख २३ र २४ गते छलफल भएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलवार १५:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।