Logo

बैंकिङ

ग्राहकहरुलाई आफ्नो मोबाईल नम्बर उपलब्ध गराउन वाणिज्य बैंकको अनुरोध



राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ग्राहकहरू प्रयोगमा नआएको मोबाइल नम्बर बैंकमा जानकारी गराई नयाँ प्रयोग गरेको नम्बर बैंकमा अपडेट गराउन आग्रह गरेको छ ।

बैंकले ग्राहकहरूले बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर ६ महिनादेखि प्रयोग गरिएको छैन भने तुरुन्तै आफ्नो बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेको हो ।

दूरसञ्चार सेवा प्रदायकहरूले ६ महिनासम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको बताउँदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न अनुरोध गरेको बताएको छ ।

banijya.jpg

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार ११:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।