जिल्ला प्रशासन कार्यलय गुल्मीले मालिका गाउँपालिकाका ठाउँहरुमा पुगि घुम्ती शिविर मार्फत नागरिकता बितरण गरेको छ । प्रशासनले गाउँपालिकाको दर्लिङग,अर्खबाङगमा घुम्ती शिबिर गरि दुई सय ६९ नागरिकता तथा दुई सय ९९ फोटो सहितको मतदाता नामवाली घुम्ती शिविरबाट वितरण गरिएकोे जिल्ला प्रशासन कार्यलय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
जसमध्ये दर्लिङगबाट नागकिता एक सय ७३ , मतदाता नामवली एक सय ९९ र अर्खबाङगबाट नागरिकता ९६ र मतदाता नामवली एक सय वितरण गरिएको गुल्मीका प्रशासकीय अधिकृत पाण्डेले जानकारी दिनुभएको छ । यो शिविर मालिका गाउँपालिका को तीन स्थानमा संचालन हुने जसमध्ये दर्लिङग र अर्खबाङगमा भइसकेको छ भने भोली घमिरमा संचालन गरिने बताइएको छ ।
गाउँबाट जिल्ला सदरमुकाम तम्घास आँउदा भाडामा मात्रै धेरै खर्च हुने र समस्याहरु पैदा हुने हुदाँ जिल्ला प्रशासन कार्यालय गुल्मीले गुल्मीका बिभिन्न ठाउँमा घुम्ती शिविर संचालन गर्दे आइरहेको छ । शिविरबाट गाउँपालिकामा धेरै फाइदा पुगेको मालिका गाउँपालिका प्रमुख रित बहादुर थापाले जानकारी दिनुभएको छ ।
उहाँले सदरमुकाम पुगेर नागरिकता वनाउँदा धेरै खर्च र झन्झट हुने धारणा ब्यक्त गर्नु भयो । उहाँले भन्नुभयो नागरिकता वनाउन तम्घास पुगेर आउँदा एकजनाको दश हजार खर्च हुन्छ । यो कार्यक्रमले गाउँपालिका अत्यन्त खुसी भएको र यस्ता कार्यक्रम समयसमयमा हुनुपर्ने धारणा राख्नुभएको छ ।
गाउँबाट जिल्ला सदरमुकाम तम्घास आँउदा भाडामा मात्रै धेरै खर्च हुने र समस्याहरु पैदा हुने हुदाँ जिल्ला प्रशासन कार्यालय गुल्मीले गुल्मीका बिभिन्न ठाउँमा घुम्ती शिविर संचालन गर्दे आइरहेको छ ।




















प्रतिक्रिया