रौतहटको वृन्दावन नगरपालिका-३ रामटोल बस्ने १८ वर्षीय नन्द किशोर रामको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय रवि रामलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
सामान्य झगडामा रविले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाईते भएका नन्द किशोरको एपोलो अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी विश्रामपुरबाट खटीएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




















प्रतिक्रिया