Logo

सुरक्षा/अपराध

कीर्तिपुरमा कौडा खेलिरहेको अवस्थामा २ जना पक्राउ



काठमाडौंको कीर्तिपुर नगरपालिका-६ चोभारस्थित सुरेन्द्र केसीको टहरामा कौडा खेलिरहेको अवस्थामा सुरेन्द्र लगायत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार २ सय ५० रुपैयाँ १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार १३:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।