Logo

प्रमुख समाचार

प्रधानमन्त्रीमाथि काँग्रेसको यस्तो आरोप



कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीका कारण संसदीय मर्यादाको खिल्ली उडेको बताएका छन् ।

उनले प्रधानमन्त्रीले संसदको मर्यादा ख्याल नगर्नु लज्जास्पद भएको आरोप लगाए । काठमाडौंमा शनिबार आयोजित चियापानमा नेता सिंहले प्रधानमन्त्रीमा तानाशाही प्रवृत्ति देखिएको भन्दै आलोचना गरे ।

आगामी वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले ‘निम्छरा’ प्रश्नको जवाफ दिन जरुरी नरहेको बताएपछि काँग्रेसले संसदमै हंगामा गरेको थियो ।

काँग्रेस सांसदको ध्यानाकर्षणपछि सभामुख कृष्णबहादुर महराले शुक्रबारको बैठकमा प्रधानमन्त्री ओली र काँग्रेस सांसदले प्रयोग गरेका गैरसंसदीय शब्द संसदको अभिलेखबाट हटाउन निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार ०९:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।