सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले तत्कालिन एमालेका ३ जना नेताहरुलाई लाइन लगाएर प्रधानमन्त्री बनाएको बताएका छन् । युवा संघ नेपालको स्थापना दिवसका अवसरमा काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आफु नयाँ नयाँ प्रयोग गर्न खप्पीस रहेको भन्दै फेरि पनि परि आए नयाँ प्रयोग गर्न तयार रहेको संकेत गरेका छन् ।
आफ्नो बाँकी जीवनका केहि नयाँ काम गरेर मात्र मर्ने चाहना रहेको भन्दै उनले आफुलाई साथ दिन पुर्व एमाले नेता कार्यकर्तालाई आग्रह गरे । अलिक गम्भिर मुडमा देखिएका प्रचण्डले केहि नयाँ स्टेप लिन खोजेको संकेत गरेका छन् ।
सोही कार्यक्रममा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले नेकपाले ५५ प्रतिशत मतमात्रै गत निर्वाचनमा पाएकाले दुईतिहाइको घमण्ड गर्नु नहुने धारणा राखेका छन् ।उनले नेकपाले दुईतिहाइ मत ल्याउन बाँकी रहेको भन्दै जनताका कुरा सुन्न र सुख–दुःख बुझ्न पार्टी नेतृत्वलाई सुझाव दिए ।
‘हामीले ५५ प्रतिशत जनताको मत प्राप्त गरेका छौं, ख्याल गर्नुहोस् दुई तिहाई होइन’, पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने । उनले अहंकार छाड्न र जनताको मन जित्ने काम गर्न सुझाव समेत दिए ।नेपालले भने, ‘जनताका समस्या के हुन् ? चाहना के हुन् ? त्यो सुन्नुहोस् । म जोड दिन चाहन्छु, हाम्रो बानी के भएको छ भने भन्ने धेरै बोल्ने। कम सुन्ने ।’
कम्युनिष्ट नेताहरुको आचरण र व्यवहार परीक्षणमा रहेको भन्दै वरिष्ठ नेता नेपालले युवा नेताहरुलाई सचेत समेत गराएका छन् । भाषणको प्रतिष्पर्धामा नजाने भन्दै उनले सामाजिक न्यायसहित सम्मृद्धि मुठ्ठी भरको जमातका लागि नभएको बताएका छन् ।
उनले कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई अध्ययन, चिन्तन गर्न अनुरोधसमेत गरे।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली सहभागी नभएको कार्यक्रमा नेकपाका दुई शिर्ष नेताले धुमाउरो भाषामा ओली र सरकारको विरोध गरे । उनिहरुले किन त्यसो गरे भन्ने विषयलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।




















प्रतिक्रिया