Logo

राजनीति

संसदीय समितिमा पहिलो पटक देउवा



संसदको संसदीय समितिमा बुधबार पहिलो पटक नेपाली कांग्रेसका संसदीय दलका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित भएका छन् । प्रतिनिधि सभाको बिकास तथा प्रविधि समितिमा बुधबार बिहान देउवा अचानक पुगेका हुन् ।

समितिको बुधबारको ३५ औं बैठकमा पहिलो पटक देउवा देखिएका थिए । समिति सभापति कल्याणीकुमारी खड्काले देउवा पहिलो पटक समितिमा आएर केहीबेर बसेको बताइन्। हाजिर मात्र गरेर निस्कीएका देउवाले बैठकलाई सम्वोधन भने गरेनन्।

बुधबार बिहान नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको थियो । बैठकमा जानुभएका बेला एकैछिन भए पनि समितिमा उपस्थिती जनाएका थिए । राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि एकपटक मात्र समितिको बैठकमा उपस्थित भएका थिए ।

‘मिनी संसद’ रुपमा चिनिएको संसदीय समितिको बैठकमा प्रायजसो प्रमुख नेताहरु सहभागी हुने गरेका छैनन् । अर्थ समितिका सदस्य पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सदस्य रहेका पूर्व प्रधानमन्त्री माधबकुमार नेपाल भने प्रायजसो समितिमा उपस्थित हुने गरेका छन् ।

जुनसुकै विधेयकमाथि पनि प्रशस्तै छलफल गरिने समितिलाई नेताहरुले आफू व्यस्त हुने गरेको भन्दै वेवास्ता गर्दै आएका छन् । प्रतिनिधिसभामा १०, राष्ट्रियसभामा ४ वटा र २ वटा संयुक्त समिति रहेका छन् ।नेपाल समाचारपत्रमा गंगा बरालले समाचार लेखेका छन्

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार ०२:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।