Logo

लुम्बिनी प्रदेश

बढदै सवारी दुर्घटना, चालकको लापरवाहि मुख्य कारण



प्रदेश ५ मा चालु आर्थिक वर्षको बैशाख मसान्त सम्म सवारी दुर्घटनामा परी ४ सए ९६ जना मानिसको मृत्यु भएको छ । ५ नं.प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार चालु आर्थिक वर्षको बैशाख मसान्त सम्म विभिन्न सवारी दुर्घटनामा परी ति मानिसले ज्यान गुमाएका हुन ।

५ नं. प्रदेशका १२ वटा जिल्ला मध्ये रुपन्देहिमा सवैभन्दा धेरै ८४ जना पुरुष,९ जना महिला , ७ जना बालक र ३ जना वालिका गरी १ सए ३ जनाको मृत्यु भएको छ । यसैगरी १ सए २० पुरुष, २६ महिला, १० वालक र ३ जना वालिका गरी १ सए ५९ जना गम्भिर घाइते भएका छन ।

सवारी दुर्घटनामा परी मानविय क्ष्ँति भएको दोस्रो नम्वरमा दाङ्ग जिल्ला पर्न जान्छ जसमा ६८ जना पुरुष, १६ जना महिला, ६ जना वालक र २ जना वालिका गरी ९२ जनाको मृत्यु भएको छ भने १ सए २९ जना पुरुष, ५१ जना महिला, ९ जना वालक र ५ जना वालिका गरी १ सए ९४ जना गम्भिर घाइते भएका छन ।

कपिलवस्तु जिल्लामा ४८ जना पुरुष, १० जना महिला, २ जना बालक र ३ जना वालिका गरी ६३ जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी १ सए १ जना पुरुष, १५ जना महिला ९ जना बालक र ७ जना वालिका गरी १ सए ३२ जना गम्भिर घाइते भएका छन ।

सवारी दुर्घटनामा परी मानविय क्षति व्यहोर्ने जिल्लामा पश्चिम नवलपरासी चौथो नम्वरमा रहेको छ पश्चिम नवलपरासीमा ४६ जना पुरुष, ६ जना महिला, १ जना वालक र ४ जना वालिका गरी ५७ जनाको मृत्यु भएको छ । सोहि जिल्लामा दुर्घटनामा परी ४४ जना पुरुष, १४ जना महिला, ३ जना बालक गरी ६१ जना गम्भिर घाइते भएका छन ।

बाके जिल्ला पाचौ नम्वरमा परेको छ, बाकेमा भएको सवारी दुर्घटनामा परी ३६ जना पुरुष, ११ जना महिला र ५ जना वालक गरी ५२ जनाको मृत्यु भएको छ भने ३५ जना पुरुष, २१ जना महिला, ५ जना वालक र १ जना वालिका गरी ६२ जना गम्भिर घाइते भएका छन । यसै गरी छैटौ नम्वरमा रहेको छ पाल्पा ,पाल्पामा २३ जना पुरुष, १० जना महिला, ३ जना बालक र १ जना वालिका गरी ३७ जनाको मृत्यु भएको छ , दुर्घटनामा २८ जना पुरुष, ८ जना महिला, ६ जना वालक र ५ जना वालिका गरी ४७ जना गम्भिर घाइते भएका छन् ।

सवारी दुर्घटनामा परी मानविय क्षति व्यहोर्ने बर्दिया जिल्ला सातौ नम्वरमा पर्दछ , बर्दियामा १७ जना पुरुष, ६ जना महिला, १ जना बालक र ४ जना वालिका सहित २८ जना मानिसको मृत्यु भएको छ भने १७ जना पुरुष, ९ जना महिला, ५ जना वालक र १ जना वालिका गरी ३२ जना गम्भिर घाइते भएका छन् ।

यसैगरी गुल्मीमा ७ जना पुरुष, ४ जना महिला, २ जना वालक र २ जना वालिका गरी १५ जनाको मृत्यु भएको छ भने १५ जना पुरुष, ९ जना महिला र ५ जना बालक गरी २९ जना गम्भिर घाइते भएका छन् ।

सवारी दुर्घटना हुने जिल्ला मध्ये रोल्पा नवौ नम्वरमा रहेको छ रोल्पामा ९ जना पुरुष, १ जना महिला,२ जना बालक र २ जना वालिका गरी १४ जनाको मृत्यु भएको छ , दुर्घटनामा ११ जना पुरुष र ९ जना महिला गरी २० जना गम्भिर घाइते भएका छन् ।

प्युठान जिल्लामा ८ जना पुरुष, ३ जना महिला , १ जना बालक र १ जना वालिका गरी १३ जनाको मृत्यु भएको छ भने ४ जना पुरुष, २ जना महिला , २ जना बालक र १ जना वालिका गरी ९ जना गम्भिर घाइते भएका छन् ।

प्रदेश नम्वरमा ५ मा रहेको पुर्वि रुकुम जिल्ला सवारी दुर्घटना हुने जिल्ला मध्ये यस आर्थिक बर्षको बैशाख मसान्त सम्म एघारौ नम्वरमा आउछ सो जिल्लामा ६ जना पुरुष, ५ जना महिला र १ जना वालिका गरी १२ जनाको मृत्यु भएको छ भने ४ जना पुरष ३ जना महिला र १ जना वालिका गरी ८ जना गम्भिर घाइते भएका छन् ।

सवै भन्दा कम सवारी दुर्घटनामा मानविय क्षति भएको जिल्ला अर्घाखाची रहको छ जहा ५ जना पुरुष, ३ जना महिला , १ जना वालक र १ जना वालिका गरी १० जनाको मृत्यु भएको छ भने २२ जना पुरुष ८ जना महिला १ जना वालक र १ जना वालिका गरी ३२ जना गम्भिर घाइते भएका छन् ।

दुर्घटना हुनुको मुख्य कारण क्षमता भन्दा वढि यात्रु , मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनु , तिव्र गति र चालकको लापरवाहिका कारण सवारी दुर्घटना बढने गरेको ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक एंव सुचना अधिकारी माधवप्रसाद बुढाथोकिले बताए । दुर्घटना न्युनिकरण गर्नका लागी सचेतना जगाउने अभियान चलिरहेको पनि बुढाथोकिले बताए ।

फोटो : ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलबाट

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आईतवार ०३:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।