Logo

बैंकिङ

सन नेपाल लाइफको बीमालेख पुनर्जागरणमा लाग्ने बिलम्ब शुल्कमा छुट



सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट दिने निर्णय गरेको छ । कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा छुट सुविधा दिएको कम्पनीले एक सूचनामार्फत जनाएको छ ।

कम्पनीले जारी गरेको बीमालेख अन्तर्गत यही मंसिर १५ गतेदेखि पौष १५ गतेसम्म पुनर्जागरण गराएमा आर्थिक वर्ष २०७४।७५ मा जारी भएका बीमालेखहरु पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा ८० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७५।७६ मा जारी भएका बीमालेखहरु पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने कम्पनीले सूचनामार्फत जनाएको छ ।

Bima-xuit-notic.png

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार ११:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।