Logo

प्रमुख समाचार

माधव कुमार नेपालको ठोकुवा केपी ओली प्रधानमन्त्री रहुँन्जेल देशमा विकास हुदैन !



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री रहुँन्जेल देशमा विकास नहुने ठोकुवा गरेका छन्ब ।

स्रोतका अनुसार नेता नेपालले आफूनिकट नेताहरु सँग गोप्य छलफल गरेका छन् । उनले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई कारबाही गर्छु भनेर सार्वजनिक रुपमा बोले पनि व्यवहारमा त्यस्तो नगरेको पनि गुनासो पोखेका थिए । त्यसैले केपी ओली प्रधानमन्त्री रहुँन्जेल देश विकास नहुने बताएका हुन् ।

जिबंगत रबिन्द्र अधिकारी वाईडबडी जहाज खरिद प्रक्रियाको अनियमिततामा त्यतिबेला बहालवाला मन्त्री रवीन्द्र अधिकारीको प्रत्यक्ष संलग्नता देखिई सक्दा पनि ओलीले उनलाई कारबाही नगरेको भन्दै नेता नेपालले आज आक्रोश पोखेका थिए ।

उनले मन्त्री अधिकारीसहित पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नु पर्ने आवाज उठाएका छन्। यत्रो विरोध हुँदापनि अहिलेसम्म मन्त्री अधिकारीलाई नहटाएकोमा नेता नेपाल रुष्ट छन् ।

अहिले ओली सरकार ३३ किलो सुन काण्ड, निर्मला हत्या काण्ड, बालुवाटार जग्गा काण्डमा कानमा तेल हालेर बसिरहेको छ । काण्ड काण्ड ले भरिपुर्ण भरिपूर्ण ओली सरकारले जनतालाई राहत देला वा न देला त्यो भने भबिस्यले देखाउला ।

प्रकाशित मिति : ११ जेष्ठ २०७६, शनिबार ०४:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।