Logo

सुरक्षा/अपराध

ठगी मुद्दाका फरार ३८ वर्षीय सुब्बा पक्राउ



काठमाडौंमा ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने नुवाकोट ककनी गाउँपालिका-४ घर भएका शुवास लामा भन्ने ३८ वर्षीय सुब्बा लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको २०६७ जेठ १९ गतेको फैसलाले उक्त मुद्दामा १२ लाख ३० हजार रुपैयाँ जरिवाना भएकोमा रकम नतिरी फरार रहेका लामालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-३ टिकाथलीबाट पक्राउ गरेको हो ।

लामालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार १३:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।