Logo

सुरक्षा/अपराध

अवैध लागूऔषध सहित ३ जना पक्राउ



काठमाडौंको दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङ बसपार्कबाट भक्तपुर बोडे डेरा गरी बस्ने बारा बसन्तपुर  गाउँपालिका-१ ‍घर भएका ३४ वर्षीय आश्वान ठाकुर हाजमलाई नियन्त्रित लागूऔषध ९८ एम्पुल डाइजेपाम र ९९ एम्पुल नुर्फिन सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै कैलालीको भजनी नगरपालिका-३ स्थित सडकबाट करिब ३ ग्राम ५३ मिलीग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो सहित लम्कीचुहा नगरपालिका-१ बस्ने २५ वर्षीय आकाश चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले लु.६३ प ५० नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक चौधरीको साथमा उक्त धुलो फेला पारी उनलाई पक्राउ गरेको हो ।

उता सुनसरीको दुहवी नगरपालिका-३ बाट नियन्त्रित लागूऔषध एकसय एमएलको २४ बोतल डाईलेक्स डिसी, २ सय ९१ ट्याब्लेट नाईट्राभेट, १ सय २० ट्याब्लेट नाईट्रोसन र १ सय ८३ क्यापसुल स्पास्मो प्रोक्सिभोन सहित दुहवी नगरपालिका-११ बस्ने २३ वर्षीय अनिल साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दुहवी सुनसरीबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा बसिरहेका उनको शरीर तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार  १ : ३८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।