Logo

प्रमुख समाचार

मेघ गर्जनसहित वर्षाको सम्भावना



पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही हावाहुरी, मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानसमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीबाट आएको दक्षिण पूर्वी हावाको प्रभाव र प्री मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताए । उनका अनुसार मनसुन शुरु हुन केही दिन मात्र बाँकी छ । अहिलेको यो अवस्था पूर्वमनसुन शुरु हुनुभन्दा केही दिनअगाडिको गतिविधि रहेको मौसमविद् कँडेलले जानकारी दिए ।

देशभर पूर्वमनसुन सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम आगामी मङ्गलबारसम्म कायम रहन्छ । एक-दुई दिन मौसम सफा भएपछि फेरि पूर्वमनसुन सक्रिय हुने बताइएको छ । राति देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार देशभर आंशिक बदली रही देशको पूर्वी भू–भागको केही स्थानमा र मध्यपूर्वी भू-भागका एक दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशभर आंशिक बदली भई पश्चिमी पहाडी भू–भागका केही स्थानमा र मध्यपूर्वी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आवाज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ४ डिग्री र अधिकमत तापक्रम ३० दशमलव २ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३९ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आईतवार १६:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।