Logo

अन्तर्राष्ट्रिय

बुधबार चिनियाँ राष्ट्रपति सी रूस जाँदै



चीनका राष्ट्रपति सी चिन फिङले बुधबार आजदेखि रूसको राजकीय भ्रमण गर्ने भएका छन् ।

भ्रमणका क्रममा सीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका उच्च पदस्थ अधिकारीहरूसँग छलफल तथा विचार विमर्श गर्नेछन् भने सेन्ट पिटर्सवर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च (एसपीआईइएफ)मा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

भ्रमणले राष्ट्रपति सी तथा उनका रूसी समकक्षी पुटिनबीच हुने भेटवार्ताले चीन–रूसबीचको रणनीतिक साझेदारी र सहकार्यलाई बिस्तार गरी तथा नयाँ उचाइमा पुराउने विश्वास लिइएको छ । भ्रमणले दुइपक्षीय सम्बन्ध विस्तारका लागि नयाँ खाका अपेक्षासमेत गरिएको छ ।

बितेका पाँच वर्षयता चीन र रुसका राष्ट्रनायकबीच २० भन्दा बढी भेटघाटको अवसर जुरेको चीनले बताएको छ । ती भेटहरूले दुई देशबीच घनिष्ठ कार्यको सम्पर्क र गहिरो व्यक्तिगत मित्रताको पनि स्थापना गरेका दुवै देशका अधिकारीको बुझाई रहेको छ ।

उनीहरूको कूटनीति चीन–रुस सम्बन्धका लागि स्थिर र परिपक्व विशेषतामध्येको एक बनिसकेको देखिन्छ ।

दौत्य सम्बन्ध कायम भएको सत्तरी वर्षको अवधिमा चीन–रुस सम्बन्धमा पनि ऐतिहासिक परिवर्तन आएको बताउने गरिएको छ । दुबै देशभित्रका विभिन्न परिवर्तनलगायतका विविध परीक्षामा सफलता मिलेको छ ।

चीन–रुसबीचको चौतर्फी रणनीतिक सहकार्यबाट दुई देशका जनताका साथैसमस्त विश्वको भावी विकासका लागि नयाँ सम्भावना ल्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार १७:१७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।