Logo

प्रमुख समाचार

अछाममा छायो जनलहर, नेकपाका २०० नेता कार्यकर्ताहरु काँग्रेस प्रवेश, गगनले गरे स्वागत



कम्युनिस्ट सरकारले नेपाललाई कम्बोडिया जस्तो बनाउन खोजेको नेपाली काँग्रेसका युवा नेता एवम् पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले आरोप लगाएका छन् । कम्बोडिया देशको जस्तै नेपालमा पनि कम्युनिस्ट सरकारले अदालत, संसद जस्ता सबै क्षेत्रलाई आफ्नो पक्षमा लिने अभ्यास गरिरहेको बताए ।

उनले भने, एमाले र माओवादिको सिद्धान्त मरिसकेको छ, वर्तमान नेपाल कम्युनिस्ट पार्टीको सिद्धान्त नै नभएकोले अब यो गठबन्धन लामो समय सम्म नटिक्ने बताए ।

स्थानीय सरकारले गर्ने काम प्रदेश सरकारले गरेर स्थानीय सरकारको अधिकार लाई लाद्न खोजेको उनको भनाइ छ । वर्तमान कम्युनिस्ट सरकार संग काम गर्ने क्षमता नभएकोले केपी आली नेतृत्वको सरकारले गफै गफमा काम गरिरहेको बताए ।

साथै थापाले वर्तमान दुई तिहाइको कम्युनिस्ट सरकारले “सत्ता शक्ति र जनताको मतको दुरुपयोग गरि दुई तिहाईको दम्भमा बेथिति, भ्रष्टाचार, पक्षपात र अत्याचारको कुसंस्कार देशमा संचालन गरिरहेको बताएका छन् । मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गरेकोले यो संविधानको मर्म र भावनाविपरीत ल्याइएको विधेयक फिर्ता लिन माग समेत गरेका छन् ।

क्षेत्रिय सभापति लक्ष्मण शाहको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली काँग्रेस अछामका सभापति भरत कुमार स्वार, प्रतिनिधि सभा सदस्य राम बहादुर बिष्ट रहेका थिए । कार्यक्रममा पुर्व सांसद अक्कल बहादुर बिष्ट, पुर्व पाटी सभापति पुष्प बहादुर शाह,प्रदेश सभा सदस्य अम्बि थापा, महासमिति सदस्य देबराज देबकोटा, बल बहादुर बिष्ट, गणेश बहादुर बिष्ट, अम्बिका चलाउने, राजन कुवर, महाधिवेशन प्रतिनिधि सुरत बहादुर बिष्ट लगायतको उपस्थित रहेको थियोे ।

कमलबजार नगरपालिका नगर प्रमुख ओम प्रकाश बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन क्षेत्रिय सचिव टंक बहादुर धामीले गरेका थिए । कार्यक्रममा २०० जना भन्दा बढी नेताकार्यकर्ता हरु नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रेस विज्ञप्ति

नेपालको संविधानले सनातनदेखि चल्दै आएको धर्म, संस्कृतिको संरक्षणप्रति प्रतिवद्धता जनाएको छ । परम्परादेखि धर्म, संस्कृति, संरक्षण, सम्वद्र्धनका लागि गुठीको माध्यमबाट महत्वपूर्ण कार्यहरु हुँदै आएको छ । हालै सरकारले ल्याएको गुठी सम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल धर्म, संस्कृति र परम्परा माथि प्रहार गरेको छ ।

स्थापित गुठी र गुठीको स्वामित्वलाई समाप्त गर्न सरकारले ल्याएको विधेयकको विरुद्धमा शान्तिपूर्ण रुपमा भेला भई विरोध प्रदर्शन गरेका विभिन्न गुठीका गुठीयार र आम नागरिकमाथि सरकारले वर्वरतापूर्वक आक्रमण, धरपकड गर्ने र अन्धाधुन्ध बल प्रयोगका साथै पानीको फोहरा समेत प्रहार गरी दर्जनौँ प्रदर्शनकारीलाई घाइते बनाएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ र यस घटनाको घोर भत्र्सना र विरोध गर्दछ ।

यस घटनाले शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारमाथि ठाडो हस्तक्षेप गरेको छ । संविधानको प्रतिकूल, धर्म, संस्कृति र परम्पराको विनास गर्ने र गुठीको अस्तित्वलाई नै समाप्त पार्ने गरी ल्याइएको विधेयकप्रति नेपाली कांग्रेसको घोर आपत्ति रहेको छ र यसलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन । तसर्थ, सरोकारवालाहरुको माग र जनताको चाहना विपरीत आएको विधेयक तुरुन्त फिर्ता गरी सरोकारवालाहरुसँग सार्थक संवाद मार्फत् सहमतिका आधारमा तत्काल समाधान खोज्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।

जय नेपाल !

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार १६:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।