Logo

सुरक्षा/अपराध

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ



काठमाडौंमा ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बस्ने सिन्धुपाल्चोक बासबारी-६ घर भएका ३१ को अमिर भन्ने अम्बिर लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं बस्दै आएका काभ्रेपलाञ्चोक शिखर अम्बोटे घर भएका १९ वर्षीय युवकलाई काठमाडौं महानगरपालिका-१० मा २०६५ पुस २४ गते खुकुरी प्रहार गरी घाइते बनाई फरार रहेका व्यक्तिहरुमध्येका लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिक-१२ टेकुबाट पक्राउ गरेको हो ।

उनी उपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार १७:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।