Logo

प्रमुख समाचार

सरकार धर्मसंस्कृतिमाथि प्रहार गर्न उद्दत छ : पौडेल



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारलाई गुठी विधेयक तत्काल फिर्ता लिन आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा युवा नेता पौडेलले संस्कृतिमाथि प्रहार गर्न उद्दत कम्युनिस्ट सरकारका विरुद्ध संगठित भएर लड्न अपिल पनि गरे ।

‘‘गुठीसम्बन्धी विधेयक सरकारले तत्काल फिर्ता लिनुपर्दछ । कम्युनिस्ट सरकारले संस्कृतिमाथि प्रहार गर्ने कुचेण्टा गर्दैछ, यसका विरूद्ध संगठित भएर लड्न अपिल गर्दछु,’’ उनले भने ।

संविधानले धर्म, संस्कृति, परम्परा र मौलिक स्वतन्त्रताको प्रत्याभूत गरेको भन्दै पौडेलले गुठीको परम्परा विभिन्न समुदायको मौलिकतामा आधारित रहेको बताए ।

सरकारले ऐतिहासिक परम्परालाई छिन्नभिन्न पार्दै गुठी संस्थानको सम्पत्तिमा आँखा गाढेको उनको भनाइ थियो । नेता पौडेलले लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक मर्मविपरीत शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेर आफ्नो असहिष्णु चरित्र उदाङ्गो पारेको बताए ।

नेकपाको सरकारले बुडीगण्डकी बनाउदैन : प्रदीप पौडेल

नेपाली काग्रेसका केन्द्रिय सदस्य एबम धादिङ प्रतिनिधि प्रदीप पौडेलले आफ्नै लगानी बुडीगण्डकी बन्न सक्ने स्थिति हुदाहुदै गेजुवालाइ ठेक्कादिनु नै बदनियतपूर्ण छ । कामसुरू गर्न ढिला गरेर लागत बढाउने काम सरकारकै मिलिमोतोमा भइरह्को छ। धाधिङबाट जित्नेहरूले नै यसलाई अनिश्चित बनाइरहेका छन्।बुडीगण्डकीलाई गजुवा मुक्त गराउ र कमिशनखोरीहरूलाइ हटाउन लाग्नपर्ने बताए ।

नेता प्रदिप पौडेलले ओली सरकारले देशलाई अस्थिरता र अशान्तितिर धकेलेको आरोप लगाएका हुन् । नेता पौडेलले नेपाली काँग्रेस धादिङद्धारा राष्ट्रिय जागरण कार्यक्रम अन्तर्गत धादिङबेसीमा शनिबार आयोजित बृहत आमसभामालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

राष्ट्रिय जागरण कार्यक्रमको लागि खटिएर एक महिनादेखि धादिङमा रहनुभएका केन्द्रिय प्रतिनिधि प्रदिप पौडेलले कम्युनिष्ट सरकारले सिङ्गो मूलुकलाई नै कम्युनिष्टकरण गरेको धारणा राखे । उनले भने–चोरिएको मोटरसाइकल चढेर हिडेका पार्टी कार्यकर्ताले पनि नेकपाको सदस्यता रसिद देखाएमा प्रहरीले समाउँदैन ।

उनीहरुले लाइसेन्स र ब्लुबुक होइन पार्टीको सदस्यता रसिद बोकेर हिँडे पुग्छ । काँग्रेस केन्द्रिय सदस्य समेत रहेका पौडेलले ओली सरकार आफ्नै कारणले ढल्ने ठोकुवा समेत गरे ।

हिमाल, पहाड, तराई –मधेस नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत एक महिना लामो पहिलो चरणकोे कार्यक्रम धादिङमा एक सय चार वडामा वडाभेला, १३ वटा पालिकामा पालिका स्तरीय र दुई निर्वाचन क्षेत्रमा क्षेत्रिय स्तरको भेला सम्पन्न गरेपछि काँग्रेसले जिल्ला स्तरीय आमसभा आयोजना गरेको हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहीबार १३:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।