Logo

कोशी प्रदेश

सप्तकोशी नदीमा खनिएको च्यानल पून गहिरो बनाउन थालेपछि स्थानीय त्रसित



सप्तकोशी नदीमा भारतीय पक्षले केही महिना अघि खनेको पाइलट च्यानलमा पानी छोड्दा सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको वडा नम्बर १३ को बस्ती जोखिममा परेको थियो ।

भारतले च्यानल पून गहिरो बनाउन थालेपछि स्थानीयबासी त्रसित बनेका हुन् । वडा अध्यक्ष बिन्देश्वर यादव एक हप्तादेखि बिना जानकारी भारतीय अधिकारहरुको निर्देशनमा ठेकेदारले मेसिन लगाएर पाइलट च्यानलाई गहिरो र फराकिलो बनाउने काम गरिरहेको बताए ।

कोशी परियोजनाका भारतीय अधिकारीहरुले भारतमा बाढी पस्न नदिने मनसयले खनेको च्यानेलले हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १३ का करिव ९० घरका बासिन्दा त्रसित बनेका छन् । गहिरो बनाउने काम नरोके पश्चिम तटबन्धमा जोखिम बढ्नुको साथै गोवरडाडा बासिन्दा बर्खामा थुनिएर बस्नु पर्ने बाध्यता आउने वडा अध्यक्ष यादवले बताए ।

बहुचर्चित नेपाल–भारत कोशी–सम्झौता–१९५४ को मर्म र भावना विपरित कोशी परियोजनाका भारतीय अधिकारीहरुले नेपाली भुभाग डुवानमा पर्ने गरी तीन वर्ष लगाएर च्यानल खनेको स्थानियबासीले बताएका छन् । कोशीको ५० ढोका मध्ये ढोका नम्बर २८ बाट पाइलट च्यानल खनेर कोशीलाई बिच बाटो बाट बगाउने भन्दै च्यानल खनिएको थियो ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार १६:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।