Logo

लुम्बिनी प्रदेश

मुसिकोट नगरपालिकाले नीती तथा कार्यक्रम सम्बन्धि मध्यावधि समिक्षा सम्पन्न



जिल्लाको मुसिकोट नगरपालिकाले नीती तथा कार्यक्रम सम्बन्धि मध्यावधि समिक्षा एवम् सुझाव संकलन कार्यक्रम गरेको छ ।नगरपालिकाको केन्द्र रहेको वामिटक्सारमा आयोजित नीती तथा कार्यक्रममा नगरपालिकामा रहेका विषयगत शाखा प्रमुखहरुले आ-आफ्नो काम बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

सर्वपक्षीय समिक्षा एवम् सुझाव संकलन कार्यक्रममा टिप्पणीकर्ताहरुले नगरपालिकामा भए गरेका कामको सकारात्मक आलोचना र सुझावहरु दिएका थिए । अधिकाँशले मुसिकोट नगरपालिकाद्वारा शैक्षिक क्षेत्रमा अन्य स्थानीय तहको तुलनामा उल्लेख्य सुधार गरिएको प्रतिक्रिया दिएका थिए ।

नेपाली कांग्रेस मुसिकोटका छाँया सरकार प्रमुख झबिन्द्र भण्डारीले लामो दुरिको एउटै सडकलाई टुक्राटुक्रा पारेर ठाउँ ठाउँमा उपभोक्ता समिति गठन गरेको प्रती असन्तुष्ट जनाएका थिए । उनले एउटा सडकमा एउटा मात्र उपभोक्ता समिति गठन गर्न सुझाव दिएका थिए ।

कार्यक्रमको अध्यक्षता गरिरहेका मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले सबैबाट आएका सुझावहरुलाई आगामी नीति तथा कार्यक्रममा समेट्दै मुसिकोट नगरपालिकाको विकास साझा ढंगले गरिने प्रतिवद्दता जनाएका थिए ।अनुगमन र न्याय सम्पादनका विषयमा उपमेयर कमला शर्माले सुझाव संकलन गरेकी थिईन । कार्यक्रमको संयोजन प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले गरेका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, मुसिकोट नगरपालिकाका जनप्रतिनिधिहरु, विभिन्न विद्यालय क्याम्पसका प्रमुख तथा प्रतिनिधि र पत्रकार लगायतको उल्लेखनीय सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलवार ०३:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।