नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पार्टीभित्रैबाट आफूलाई असहयोग भएको गुनासो पोखेका छन् ।पार्टीभित्रका केही नेताहरुले आफूविरुद्व गलत प्रचारबाजी गरेको भन्दै पछिल्लो समय गृहमन्त्री फेरिने हल्ला समेत चलाउन थालेको गुनासो पोखेका हुन् ।
बादलले गृहमन्त्री फेरि हल्ला चलाइएको भन्दै यो कुरा गृहमन्त्रालयमा आयोजित सुरक्षा निकायका अधिकारी सम्मिलित उच्चस्तरीय बैठकमा समेत राखेको खुलेको छ । बैठकमा सहभागी एक उच्चपदस्थ अधिकारीका अनुसार बादलले मन्त्रिमण्डल फेरिने हल्ला चलाइएको भएपनि त्यसमा कुनै सत्यता नरहेको बताएका थिए ।
गत आइतबार सुरक्षा निकायका अधिकारीसँग देशभरको सुरक्षा अवस्थाबारे ब्रिफिङ लिनका लागि भएको सो बैठकमा बादलले मन्त्री परिवर्तनबारे कुरा उठाएपछि बैठकको माहोल एकाएक तरङ्ति बन्न पुगेको थियो ।
पछिल्लो समय मन्त्रिमण्डल परिवर्तनको चर्चा चल्दै गर्दा गृहमन्त्री समेत फेरबदल हुने चर्चा चलिरहेको बेला बादलले सुरक्षा निकायका अधिकारीसँगको बैठकमा यस्तो धारणा राखेका हुन् ।




















प्रतिक्रिया