Logo

सुरक्षा/अपराध

२५ किलो अवैध लागूऔषध गाँजा सहित पक्राउ



बाँकेको नरैनापुर गाउँपालिका-४ जयरामपुरवा बस्ने ४५ वर्षीय धनिराम यादवलाई करिब २५ किलो अवैध लागूऔषध गाँजा सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार १२:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।