Logo

कर्पोरेट फोकस

विन्टर सिजनमा २ समुहले लिए हिमाल आरोहण गर्ने अनुमति



सामान्यतयाःहिमाल आरोहड गर्नेहरुले विन्टर सिजनमा साना हिमाल आरोहण गरेर वसन्त ऋतुका लागि ठूला हिमाल आरोहणको तयारी गर्ने गर्दछन् ।

यसै सन्दर्भमा विन्टर सिजनका लागि हिमाल चढ्न दुई समूहले आरोहण अनुमति लिएका छन् । नेपाल पर्यटन विभागका अनुसार बुधबारसम्म विन्टर सिजनका लागि लुजा पिक (५७२६ मिटर) र काङगेरी-२ (६५०६ मिटर) चढ्न आरोहण अनुमति जारी भएको छ । आरोहड गर्ने हिमालमध्ये लुजा पिक चढ्न तीन जना नेपालीले आरोहण अनुमति लिएका छन् ।

त्यस्तै, काङगेरी-२ आरोहणको अनुमति भने एक जना विदेशी आरोहीले लिएका छन् । सरकारले अहिले सबै प्रकारका पर्यटकीय गतिविधि खुला गरिसकेको छ । यद्यपि भद्रगोल सरकारको अबस्था, बढ्दो कोरोना भाइरस र क्वारेन्टिनका प्रावधानमा अझै प्रष्ट हुन नसक्दा सोचेजति संख्यामा पर्यटक भित्रन भने सकेका छैनन् । 

यसअघि केहि समय अगाडी मात्र बहराईनका राजकुमारहरुको टोलीले लोबुचे पिक र मनास्लु हिमालको सफल आरोहड गरेर फर्किसकेको छ ।  

128839604_995212404304068_7380244687019010369_n.jpg 129575791_142692080586257_1624363670350175686_n.jpg 128891377_772796943637487_8104409152556855219_n.jpg 

 

 

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार १६:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।