Logo

अन्तर्राष्ट्रिय

पाकिस्तानमा अनौठो रेकर्ड : एक पूर्वराष्ट्रपति र दुई पूर्वप्रधानमन्त्री एकसाथ जेलमा



पाकिस्तानमा बिहीवार पूर्व प्रधानमन्त्री शाहिद खाकान अब्बासी भ्रष्टाचार मामिलामा पक्राउ परेका छन् । यससँगै पाकिस्तानमा अनौठो कीर्तिमान बनेको छ । पहिलोपटक पाकिस्तानका दुई पूर्वप्रधानमन्त्री र एक पूर्वराष्ट्रपति एकसाथ जेलमा कैद भएका हुन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको इतिहासमा प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीले विभिन्न समस्याको सामना गर्दै आएका छन् । पाकिस्तानमा प्रधानमन्त्री लियाकत अली खानको हत्या गरिएको थियो, त्यस्तै जुल्फिकर अली भुट्टोलाई फाँसी दिइएको थियो । बेनेजर भुट्टोको पनि गोली हानी हत्या गरिएको थियो ।

पहिलोपटक पाकिस्तानमा दुई पूर्वप्रधानमन्त्री र एक पूर्वराष्ट्रपतिलाई जेल सजाय दिइएको हो । यी तीनैजनालाई भ्रष्टाचारको आरोप लागेको छ । अहिले अन्य दुई पूर्व प्रधानमन्त्री यूसुफ राजा गिलानी र परवेज अशरफ पनि अदालत धाइरहेका छन् ।

इरमरान खानको सरकारमा अहिले पूर्व प्रधानमन्त्री नवाज शरीफ गत एक वर्षदेखि जेलमा छन् । त्यस्तै पूर्व राष्ट्रपति आसिफ अली जरदारी पनि एक महीनादेखि जेल जीवन बिताइरहेका छन् । यसैबीच अब्बासी पक्राउ परेसँगै पकिस्तानमा अनौठो रेकर्ड कायम भएको हो ।

दिल्लीमा धेरै मुख्यमन्त्री बनेर रेकर्ड राखेकी शीला दीक्षितको निधन

दिल्लीकी पूर्व मुख्यमन्त्री एवं काँग्रेसको दिल्ली प्रदेश अध्यक्ष शीला दीक्षितको निधन भएको छ । शनिबार उनको ८१ वर्षको उमेरमा मुटु रोगका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । १५ वर्षसम्म दिल्लीको मुख्यमन्त्रीको पदमा रहेकी दीक्षितले सबैभन्दा लामो समय दिल्लीमा मुख्यमन्त्री बनेर रेकर्ड कायम गरेकी थिईन् । उनी निधनको केही दिन पहिलेसम्म पनि राजनीतिमा सक्रिय थिईन् । केही दिन अघिमात्रै उनले दिल्लीमा नयाँ जिल्लाध्यक्षको नियुक्ति पनि पाएकी थिईन् ।

यति मात्रै नभएर काँग्रेसको आगामी दिल्लीको विधान सभा चुनावमा मुख्यमन्त्रीको रुपमा देखाउने अनुहार पनि उनको नै थियो । उनी दिल्लीमा काँग्रेसको सरकार ढलेपछि केरलको राज्यपाल समेत बनेकी थिईन् । यसका अलावा कांग्रेसले यूपी विधानसभा चुनावमा उनलाई मुख्यमन्त्रीको रुपमा समेत एक पटक पेश गरेको थियो । शीला सधैंभरी गान्धी र नेहरुको परिवारसँग नजिक थिईन् ।

फोर्टिस एस्कोर्ट अस्पतालले शनिबार जारी गरेको बुलेटिन अनुसार उनलाई शनिबार विहान मात्रै भर्ना गराईएको थियो । मुटुमा समस्या देखिएपछि उनलाई गम्भीर स्थितिमा डा. अशोक सेठको नेतृत्वमा उपचार सुरु भएको थियो । उनको दिउँसो ३ बजेर ५५ मिनेटमा निधन भएको हो ।

सनी देवलसँग ५० करोडभन्दा बढीको ऋण

धेरै बलिउड स्टारजस्तै सनी देवल पनि राजनीतिमा सामेल भएका छन् । उनले सोमवार पञ्जाबको गुरदासपुरबाट सिटको लागि नामाङ्कन दिएका छन् । उनले सत्तारुढ भारतीय जनता पार्टी ९बीजेपी०बाट निर्वाचनमा भाग लिन लागेका हुन् । नामांकनको कारण सनी देवलको सम्पत्ति र वास्तविक नामको पनि खुलासा भएको छ ।

नामांकनको क्रममा देवलसँग समग्रमा ८७ करोड १८ लाख भारतीय रुपैयाँको सम्पत्ति रहेको खुलेको छ । उनको नाम सनी देवल नभई अजय सिंह देवल रहेको खुलेको छ । उनीमाथि करीब ५१ करोड ७९ लाख भारु ऋण छ । उनीसँग ६० करोड भारु चल सम्पत्ति र २१ करोडको अचल सम्पत्ति छ ।

नामांकन दर्ता गराउने क्रममा सनी देवलको साथमा उनका भाइ बबी देवल पनि सँगै पुगेका थिए । पञ्जाबका भाजपा प्रमुख पनि सो क्रममा पुगेका थिए । यसअघि आइतवार सनी देवलले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए । यो क्षेत्रमा सनी देवलले कांग्रेसका पञ्जाबका अध्यक्ष तथा गुरदासपुरका सांसद सुनील जाखडसँग हुनेछ ।

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाहको प्रस्ताव स्विकार गर्दै अभिनेता देवल भाजपा प्रवेश गरेका हुन् । यसभन्दा पहिले भाजपाका बरिष्ठ नेताहरुको कयौ पटक सनी देवलसँग कुराकानी भएको थियो । सो समय सनी तत्काल राजनीतिमा आउन तयार भएका थिएनन् । त्यसपछि अमित शाह उनलाई मनाउन पुगेका थिए।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार १३:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।