नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुँदाको समयमा रहेको कोभिड–१९ को जोखिम यथावत रहेका कारण आर्थिक गतिविधि अपेक्षित रुपमा विस्तार हुन सकेको छैन । बैंकिङ्ग क्षेत्रमा पर्याप्त तरलता रहेको, मुद्रास्फीति नियन्त्रणमा रहेको र वाह्य क्षेत्र सन्तुलन कायम भएका कारण कोभिड संक्रमण न्यूनीकरण गर्दै आर्थिक क्रियाकलाप विस्तार गर्न सहयोग पुग्ने अवस्था रहेको छ ।
त्यस्तै, अर्थतन्त्रको विद्यमान अवस्थालाई दृष्टिगत गरी मौद्रिक विस्तारबाट मूल्य र वाह्य क्षेत्र स्थायित्वमा थप दबाब सृजना हुन नदिन तथा आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा वित्तीय साधनको उपलब्धतालाई सहजीकरण गरी आर्थिक वृद्धिमा सहयोग पु¥याउन मौद्रिक नीतिको विद्यमान कार्यदिशालाई निरन्तरता दिइएको छ । वित्तीय सहजीकरणको लागि अपनाइएका नियामकीय लचकताबाट वित्तीय स्थायित्वमा जोखीम आउन नदिन सजगता अपनाइने राष्ट्र बैंकल यस मौद्रिुक नीतिको समिक्षा मार्फत बताएको छ ।
यस्तो छ पुर्णपाठः





















प्रतिक्रिया