Logo

बैंकिङ

ग्लोबल बैंक र पश्चिम रुकुम बिच सम्झौता, १० लाखसम्म सहुलियतपुर्ण कर्जा दिने



ग्लोबल आइएमई बैंक लिमिटेड र मुसिकोट तथा आठबिसकोट नगरपालिका (पश्चिम रुकुम) बिच सहुलियतपुर्ण कर्जाका लागि सम्झौता भएको छ । 
उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतम र आठबिसकोट नगरपालिकाका प्रमुख गोरख बहादुर के.सी का बिच छुट्टा छुट्टै रुपमा हस्ताक्षर भएको छ ।

नगरपालिकाले उधम व्यवसाय गर्न इच्छुक समुहलाई परामर्श तथा उधमशीलता सम्बन्धी तालिम दिनेछ । तालिम पाएका किसान वा व्यवसायीको समुह बनाएर कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ ।
नेपालको कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता आश्रित रहेका छन् । 

प्रकाशित मिति : मंसिर १८, २०७७ शुक्रबार  १२ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।