उदयपुरको वेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले वेलकामा अनियमित बेरुजु नरहेको बताएका छन् । ठूलो रकम बेरुजु भएको भन्दै नगरपालिकाको आलोचना भए पछि मेयर थापाले आफ्नो नगरमा अनियमित बेरुजु नभएको बताएका हुन् ।
आर्थिक वर्ष २०७४÷७५ मा ५ करोड रुपैयाँ भन्दा माथि पेश्की बेरुजु भएको मेयर थापाले बताए । ‘अघिल्लो आर्थिक वर्षमा ५ करोड रुपैयाँ माथि बेरुजु थियो, त्यो काम शुरु भएर पेश्की लिएको हो’ उनले भने, ‘काम सम्पन्न नभई पेश्की बेरुजु फस्र्यौट नहुने भएकाले त्यस्तो देखिएको हो, अबको अडिटमा फस्र्यौट हुन्छ ।’
वेलका नगरपालिकाको कामकारबाहीप्रति स्थानीयले खबरदारी गर्दै आएका थिए । वैदेशिक रोजगारीमा गएका नगरपालिका जीएस चौधरी, नवराज आचार्य लगायतले बेरुजुबारे प्रश्न उठाउदै आएका थिए । नगरपालिकाको बजेट खर्चका विषयमा भने स्थानीय चुपचाप छन् ।
वेलकामा जनप्रतिनिधि आएको २ वर्ष नाघेको छ । यस अवधिमा वेलकाको बजेट आन्तरिक श्रोत समेत गरेर रकम एक अर्ब रुपैयाँ भन्दा माथि देखिन्छ । चालु आर्थिक वर्षका लागि मात्रै पनि केन्द्र सरकारले ३२ करोड भन्दा माथि रकम बेलकालाई विनियोजन गरेको छ । यति ठूलो बजेट आए पनि वेलका नगरपालिकाले कुनै पनि बाटो हालसम्म पिच गर्न सकेको छैन ।




















प्रतिक्रिया